रविलाई सडकमार्ग हुँदै पोखरा लगिने, अवरोध नगर्न कार्यकर्तालाई रास्वपाको आग्रह

शुक्रबार, २ कार्तिक, २०८१
डिजिटल संस्करण
रविलाई सडकमार्ग हुँदै पोखरा लगिने, अवरोध नगर्न कार्यकर्तालाई रास्वपाको आग्रह

तस्बिर : सतिश पाेखरेल/नयाँ पत्रिका

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले सडकमार्ग हुँदै पोखरा लाने भएको छ। पार्टीका सहप्रवक्ता मनीष झाले सडकमार्ग हुँदै पोखरा जाने जानकारी दिए।

उनले भने, ‘अहिले केहीबेरमै राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टी सभापति रवि लामिछानेज्यूले उपस्थित पार्टी सदस्य तथा सञ्चारकर्मी माझ आफ्नो कुरा राखेर सडकमार्ग हुँदै पोखरा जानुहुनेछ।’

सभापति लामिछानेको पक्राउमा अवरोध नगर्न आग्रह गर्दै झाले भने, ‘हाम्रोतर्फबाट पार्टी कार्यालय आउनुभएका प्रहरीहरूलाई कुनै किसिमको अवरोध तथा प्रतिकार हुनेछैन।’

सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि जिल्ला अदालत कास्कीकाे अनुमतिपछि प्रहरीले लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको हो।

सुझावित समाचार