ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकलाई एजिलस डायग्नोस्टिक नेपालमा उपलब्ध प्याथोलोजी टेस्ट शुल्कमा १५ प्रतिशत छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा बैंकका प्रमुख बजार व्यवस्थापक दिलीप पोखरेल र एजिलस डायग्नोस्टिकका फाइनान्स प्रमुख दीपक खड्काले हस्ताक्षर गरे ।
समझदारीअनुसार बैंकका ग्राहकले एजिलस डायग्नोस्टिकमा उपलब्ध ल्याबसम्बन्धी सेवाबापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकलाई लाभान्वित गर्दै आएको जनाएको छ । ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकका रूपमा सम्मानित बैंक होे ।
साथै, ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक–फरक विधामा समेत ग्लोबल आइएमई बैंक सम्मानित भएको छ । बैंकले देशभरका तीन सय ५४ शाखा कार्यालय, तीन सय ८४ एटिएम र दुई सय ५५ शाखारहित इकाइमार्फत वित्तीय सेवा दिँदै आइरहेको छ ।