ज्योति विकास बैंक लिमिटेडले पोखराको लेकसाइडमा अवस्थित कुटी रिसोर्टमा ग्राहकहरूलाई विभिन्न सेवा तथा सुविधामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअन्तर्गत बैंकका ग्राहकले उक्त रिसोर्टमा खानामा २० प्रतिशत, पेय पदार्थमा १० प्रतिशत र रुम चार्जमा १५ प्रतिशतसम्मको आकर्षक छुटको फाइदा लिन सक्नेछन्।
फेवातालको नजिक रहेको उक्त रिसोर्टमा ग्राहकहरूले एक वर्षको अवधिसम्म सो छुटको लाभ उठाउन पाउने बैंकले जनाएको छ। कुटी रिसोर्ट सम्पूर्ण आधुनिक सुविधासहितको प्रख्यात थ्री स्टारस्तरको रिसोर्ट हो।
ज्योति विकास बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गर्दै ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक कार्यमा गर्ने योगदानभन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको उल्लेख गर्दै विकास बैंकले नागरिकको सर्वोत्तम हित उच्च प्राथमिकतामा राखेको जनाएको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, तीन विस्तारित काउन्टर तथा ७५ वटा एटिएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।