गायक सुगम पोखरेलको नयाँ गीतिसंग्रह ‘नवमी‘मा रहेको ‘सबैको हुन खोजेर’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। उक्त गीतमा शब्द संगीत सुगम स्वयंको रहेको छ भने संगीत संयोजन शिवम् रसाइलीले गरेका छन्।
आफ्नो फरक प्रस्तुतिसहित भिडियोमा प्रस्तुत भएका सुगमलाई कलाकारहरू सुनिता शेरचन, ममता प्रसाईं र जेबिसा दाहालले साथ दिएका छन्। गीतको म्युजिक भिडियो अल्टिमेट सिजापति ब्यानरमा बनेको हो।
आफ्ना अन्य गीतजस्तै यो गीत पनि सबै दर्शक स्राेताले मन पराउनेमा सुगमले आशा गरेका छन्। महान चाड दसैँको नवमीको दिन पारेर पोखरेलको नयाँ गीतिसंग्रह ‘नवमी’ सार्वजनिक गरिएको थियो गीतिसंग्रह ‘नवमी’ उनको नवौँ संग्रह हो।