मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
स्वास्थ्यमा आउने समस्याले खर्च बढ्ने योग रहेको छ ।भौतिक साधनको जोहो हुनाका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । सेयर बजारबाट सोचेअनुसारको सफलता मिल्नेछ । साताको अन्त्यमा परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । नयाँ लगानीका मार्गहरू खुल्नेछन् । माया प्रेममा सोचेअनुसार सफलता मिल्नेछ । शिक्षा क्षेत्रसँग सम्बिन्धत व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ। नयाँ व्यवसायबाट मनग्य आम्दानी हुनेछ । साताको अन्त्यमा धार्मिक यात्राको योग रहेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सप्ताह प्रारम्भमा राजनीति तथा सामाजिक काम गर्दा ध्यान पुर्याउनुपर्नेछ। काममा आलोचना गर्नेहरू सक्रिय हुनेछन् ।पठनपाठनमा प्रगति हुनेछ । घरमा नयाँ अतिथिको आगमन हुनेछ। बिहीबारपछि कृषि क्षेत्रबाट बेफाइदा हुनेछ । पारिवारिक सहयोग प्राप्त हुँदैन । साताको अन्त्यमा आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । धार्मिक कार्यमा सरिक हुने अवसर मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साताको प्रारम्भमा व्यापार बढ्नुको साथै आम्दानीमा वृद्धि हुनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नुको साथै रमाइलो वातावरण समय व्यतीत गर्न सकिनेछ । गायन तथा कलाकारिता क्षेत्रमा समय लगानी गर्नेहरूले नाम तथा दाम दुवै कमाउन सक्नेछन् । समयलाई उपयोग गर्न सके राम्रो फाइदा लिन सकिनेछ । साताको अन्त्यमा आफन्तहरूको सहयोगमा नयाँ कामको जिम्मेवारी मिल्नेछ । स्थानान्तरणको योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यापार–व्यवसायमा समय दिन सके मनग्गे आम्दानी हुनेछ। भौतिक सम्पत्ति तथा धातु संग्रहको योग रहेको छ । आँट, साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुषार्थी काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादनमूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागि समय फलदायी रहेको छ। शैक्षिक यात्राको योग रहेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साताको प्रारम्भमा पैत्रिक सम्पतिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार–व्यवसाय फस्टाएर जानेछ विगतमा भएका राम्रा क्रियाकलापको स्मरण हुनेछ । साझेदारीमा गर्न लागेका कामबाट जस मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । धार्मिक यात्राको योग रहेकाले मनमा खुसियाली छाउनेछ । विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिनेछ । व्यापार–व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शरीरमा उत्साह र उमंग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । साताको अन्त्यमा नयाँ ज्ञान प्राप्त हुनेछ । वैदेशिक यात्रा सफल हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ काममा लगानी गर्दा अभिभावकहरूको सुझाव तथा सहयोगको आवश्यकता पर्नेछ । चियोचर्चा गर्नेहरूसँग सावधान रहनुहोला । प्रेमी–प्रेमिकासँगको सम्बन्ध निराशामा परिणत हुने सम्भावना छ । बुधबार र बिहीबार रमाइलो भेटघाट हुने तथा स्वादिष्ट भोजनको अवसर जुर्ने योग रहेको छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा सोचेजस्तै प्रगति हुनेछ । आर्थिक पक्ष सबल रहने योग रहेको छ । बुधबारदेखि आफन्तबाट टाढिनुपर्नेछ व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ। साताको अन्त्यमा अवसरका लागि कडा परिश्रम गर्नुपर्ला। लगानी सुरक्षित हुने वातावरण बन्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
नयाँ योजना प्रारम्भ गर्न सकिनेछ । आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। तर, श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। बुधबारपछि बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । छोटो दूरीको यात्रा फलदायी रहला । सरकारी तथा निजी क्षेत्रमा पुनः प्रयत्न गरे अवसर मिल्नेछ । नयाँ जिम्मेवारी प्राप्तिको योग रहेको छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। बोलीको भरमा काम सम्पन्न हुनेछ। शैक्षिक क्षेत्रमा राम्रो उपलब्धिसँगै वैदेशिक रोजगारीको अवसर जुर्नेछ । सामाजिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ । बहुमूल्य धातु तथा विलासिताका साधन खरिद गर्दा होसियारी अपनाउनुपर्नेछ । साताको अन्त्यमा अकस्मात् धन कमाउने योग रहेको छ । पठनपाठनमा मन जानेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
यो साता तपाईंको सखुद रहनेछ । पराक्रमसँगै जोस–जाँगर बढ्नेछ । लगानीको प्रतिफल प्राप्त हुनेछ । विरोधीहरू कमजोर साबित हुनेछन् । अनेक कुराहरू सुनिए पनि तपाईंको बोलीको प्रभाव पर्नेछ । पारिवारिक सम्बन्धमा पनि सुधार आउनेछ । आर्थिक लाभको योग छ । अध्ययन–अध्यापनमा अभिरुचि बढेर जानेछ । साताको अन्त्यमा अचल सम्पत्ति हात पर्नेछ । राम्रो सहयात्रीको साथ पाइने सम्भावना प्रबल छ ।