‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा

बिहिबार, २४ असोज, २०८१
डिजिटल संस्करण

 महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथी’ नामक एप्लिकेसन सञ्चालनमा ल्याएको छ । बैंकले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा दिन हालको मोबाइल एप्लिकेसनलाई परिष्कृृत गर्दै ‘महालक्ष्मी स्मार्ट साथी’ सञ्चालनमा ल्याएको हो । 

ग्राहकहरूले सामान्य बैंकिङ एपभन्दा महालक्ष्मी स्मार्ट साथीमार्फत अझ बढी र विस्तारित सुविधा पाउने बैंकले जनाएको छ । जसअन्तर्गत रियल टाइममा नै आठ लाखसम्म मुद्दती धितोे कर्जाको सुविधा पाउने, अनलाइनमार्फत नै केवाइसी फाराम भर्न सक्ने तथा अद्यावधिक गर्न सक्ने, आफूले चाहेको बचत तथा मुद्दती खाता खोल्न आवेदन दिन सक्ने, ग्रााहक स्वयंले आफू कर्जाका लागि योग्य हुन सक्ने वा नसक्ने सम्बन्धमा स्वयं जाँच गर्न सक्ने, एप्लिकेसनमार्फत नै कर्जाको आवेदन गर्न सक्नेलगायत सुविधा भएको बैंकले जनाएको छ । 

यस एपको सुरुवातसँगै ग्रामीण तथा अर्ध­सहरी क्षेत्रमा बैंकिङ सेवाहरूको पहुँचमा वृद्धि गर्न, वित्तीय समावेशीकरणलाई बढावा दिन, प्रत्यक्ष रूपमा बैंकमा उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न टेवा पुग्ने बैंकले उल्लेख गरेको छ । उक्त मोबाइल एप्लिकेसनल प्रयोगकर्ताको मोबाइलमा स्वयं स्वचालित रूपमा अपडेट हुनेछ । उक्त एप्लिकेसन एप्पल स्टोर र प्ले स्टोर पनि उपलब्ध छ ।
 

सुझावित समाचार