न्युयोर्कमा उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि विमर्श

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

अमेरिकाको न्युयोर्कमा बुधबार पत्रकार दीर्घराज उपाध्यायद्वारा लिखित ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकमाथि विमर्श भएको छ।

रिजउड नेपाली समाज र काठमाडाैं फ्युजनको सहयोगमा सुदूरपश्चिम समाज अमेरिकाद्वारा आयोजित कार्यक्रमका सहभागीहरूले प्रवासमा रहेर १० वर्षे द्वन्द्वका नमिठा अनुभवहरू साटासाट गरेका हुन्। आगामी समयमा त्यस्तो द्वन्द्व मुलुकले कहिल्यै नभोगोस् भनेर उनीहरूले कामना गरे।

कार्यक्रममा विशिष्ट अतिथि नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले पत्रकार उपाध्यायको पुस्तकमा एउटा पत्रकारले गरेको द्वन्द्वको अनुभव र मुलुकले भोगेको १० वर्षे द्वन्द्वको असरबारे चित्रण गरिएको बताए।

उपाध्यायले पत्रकारिता र साहित्यका माध्यमबाट समाज र राष्ट्रलाई पुर्याएको योगदानको प्रशंसा गर्दै यो पुस्तक भावी पुस्ताका लागि समेत अध्ययनको महत्त्वपूर्ण दस्ताबेज हुने बताए।

कार्यक्रममा सहभागी अधिकांशले द्वन्द्वमा आफूले भागेको नमिठा अनुभव सुनाए। राज्य र तत्कालीन माओवादी दुवै पक्षबाट प्रताडित भएका सुनाउँदै उनीहरूले फेरि द्वन्द्व नदोहोरियोस् भन्ने कामना गरे।

उपाध्यायका चारवटा कृति प्रकाशित छन्। गत महिना उपाध्यायको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ र ‘आमा म आउँदै छु’ कवितासंग्रह प्रकाशित भएका थिए।

सुझावित समाचार