सुदूरपश्चिम समाज अमेरिकाद्वारा पत्रकार उपाध्यायलाई सम्मान

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

सुदूरपश्चिम समाज अमेरिकाले पत्रकार दीर्घराज उपाध्यायलाई बुधबार न्युयोर्कमा सम्मान गरेको छ।

पत्रकार तथा कवि उपाध्यायलाई उनको ‘द्वन्द्व पत्रकारिताको एक दशक’ पुस्तकको विमर्श कार्यक्रममा कदरपत्र र दोसल्लासहित समाजले सम्मान गरेको हो। समाजका अध्यक्ष दानसिंह विष्ट, विशिष्ट अतिथि नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टलगायतले उपाध्यायलाई सम्मान गरेका थिए।

‘अढाई दशकदेखि सुदूरपश्चिमको धनगढीबाट पत्रकारिता गर्दै आएका पश्चिम टुडे मिडिया ग्रुपका प्रधानसम्पादक उपाध्यायले नेपाली पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारहरूको पेसागत हकहित र अधिकारका लागि निर्वाह गरेका योगदानको उच्च प्रशंसा गर्दछौँ,’ उपाध्यायलाई प्रदान गरिएको कदरपत्रमा भनिएको छ।

सुझावित समाचार