लुम्बिनी विकास बैंकले पाँच विधामा उपाधि जितेको छ । इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरेको दोस्रो इमर्जिङ एसिया बैंकिङ अवार्डस् २०२४ को आठ विधामध्ये पाँच विधामा सहभागिता जनाई पाँचै विधामा उपाधि जितेको हो ।
इन्डियन चेम्बरले नयाँदिल्लीमा आयोजना गरेको बैंकिङ कन्क्लेभ २०२४ मा बैंकले बेस्ट बैंक, बेस्ट पर्फमेन्स अन रिस्क म्यानेजमेन्ट नेपाल, बेस्ट पर्फमेन्स अन असेस्ट म्यानेजमेन्ट नेपालमा विजेता एवं बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी नेपाल र बेस्ट पर्फमेन्स अन ग्रोथ नेपालमा उपविजेताको उपाधि जितेको हो ।
अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरू भारत, नेपाल, श्रीलंका, भुटान, म्यानमारलगायत देशका बैंकहरूले प्रतिस्पर्धा गरेका थिए । ३.५ अर्ब चुक्ता पुँजी भएको राष्ट्रियस्तरको बैंकका सातै प्रदेशमा ८९ वटा शाखा, एउटा एक्टेन्सन काउन्टर र २० वटा एटिएम सञ्चालनमा रहेका छन् ।