शक्तिको वर्तमान सन्तुलन प्रतिबिम्बित गर्न र काम गर्ने क्षमतामा सुधार वा पुनर्संरचना आवश्यक छ भन्ने विषयमा संयुक्त राष्ट्र संघका सदस्यबिच विश्वव्यापी सहमति बढ्दै गएको छ । अफ्रिकी संघका सदस्यबिच पनि परिषद्मा अफ्रिका स्थायी उपस्थितिको हकदार छ भन्नेबारे सहमति देखिन्छ ।
बहसले सेप्टेम्बरको दोस्रो साता नयाँ मोड लियो, जतिवेला अमेरिकाले अफ्रिकी देशका लागि दुई नयाँ स्थायी सिट र विकासशील साना टापु राष्ट्रका लागि एक अस्थायी सिट सिर्जना गर्ने सवाललाई समर्थन गर्यो । यो सन् २०२२ मा जो बाइडेन प्रशासनले सुरक्षा परिषद्को विस्तारलाई समर्थन गर्ने वाचा गरेपछि आएको हो । नयाँ स्थायी सिटहरू भिटो प्रयोगविना नै आउनेछन् ।
मेरो विचारमा काउन्सिल विस्तार गर्ने यो प्रयास असफल हुने धेरै कारण छन् । मैले संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को दक्षिण अफ्रिकाको अनुभवलाई पछ्याएको छु । यसबारे विवेकपूर्ण मूल्यांकन आवश्यक छ भन्ने कुरामा विश्वास गर्छु । काउन्सिल विस्तार गर्ने प्रयास असफल हुन सक्ने पहिलो कारणमा स्थायी सिट (रुस र चीन) र भिटो शक्ति भएका देशहरू (अमेरिका, बेलायत र फ्रान्स) आफ्नो स्वार्थ र प्रभाव कमजोर हुने डरले अफ्रिकी देशलाई बाँड्न वा छुट्याउन हिचकिचाउँछन् ।
दोस्रो, यदि परिषद्मा अफ्रिकी महाद्वीपबाट सदस्य विस्तार गर्ने सवालमा सहमति भयो भने थप सिटका लागि को योग्य हुनेछन् र तिनीहरू कसरी छनोट हुनेछन् ? त्यहाँ धेरै योग्य उम्मेदवार छन्, ल्याटिन अमेरिकादेखि युरोप र एसियासम्म । काउन्सिल विस्तार गर्ने प्रयास असफल हुन सक्ने तेस्रो कारणमा काउन्सिलमा अफ्रिकी महाद्वीपको प्रतिनिधित्व गर्न अफ्रिकाले आफ्नै दुई सदस्य छान्ने प्रक्रियालाई कसरी लैजाला ?
यदि परिषद्मा अफ्रिकी महाद्वीपबाट सदस्य विस्तार गर्ने सवालमा सहमति भयो भने थप सिटका लागि को योग्य हुनेछन् र तिनीहरू कसरी छनोट हुनेछन् ? त्यहाँ धेरै योग्य उम्मेदवार छन् । यी अवस्थामा अफ्रिकी संघका ५४ सदस्यमध्ये दुईजना चयन गर्ने एक लामो र सम्भवतः असफल प्रक्रियाको पनि सम्भावना छ ।
चौथो, शान्ति र सुरक्षा एजेन्डाहरू कार्यान्वयनका लागि समर्थन जुटाउन वा मद्दत गर्न शक्तिशाली देश (जस्तै अमेरिका) लाई त्यस्ता नवआगन्तुकलाई सहयोग गर्न केले रोक्छ ? महाद्वीपमा अनुभव, स्रोत र विश्वसनीय शान्ति निर्माणमा रेकर्ड भएका उम्मेदवारहरूलाई चयन र समर्थन गर्नु अफ्रिकाको बुद्धिमानी हुनेछ ।
विद्यमान अवरोध र खतरा
महाद्वीपका दुई आर्थिक दिग्गजहरू नाइजेरिया र दक्षिण अफ्रिकाले अफ्रिकाको प्रतिनिधित्व गर्नुपर्छ भन्ने विषय स्पष्ट छैन । भौगोलिक आकार गणना हुन्छ, तर यसले स्वदेशमा सधैँ आकर्षकता वा विश्वसनीयताको व्याख्या गर्दैन, जुन क्षेत्रीय र अन्तर्राष्ट्रिय मामिलामा सफल भूमिकाका लागि एक प्रमुख आवश्यकता हो । अफ्रिका क्षेत्र, भाषा र संस्कृतिका आधारमा विभाजित हुनु दुर्भाग्यपूर्ण हो । महाद्वीपलाई संयुक्त राष्ट्र संघीय सुरक्षा एजेन्डाको प्राथमिकता, शान्ति र सुरक्षाजस्ता महत्वपूर्ण मामिलामा साझा आवाजमा बोल्न हम्मेहम्मे परेको छ ।
यी अवस्थामा अफ्रिकी संघका ५४ सदस्यमध्ये दुईजना चयन गर्ने एक लामो र सम्भवतः असफल प्रक्रियाको पनि सम्भावना छ । थप रूपमा अफ्रिकाका लागि परिषद्मा सिटहरू लिनका लागि पश्चिमको प्रस्तावलाई परोपकारको कार्यको रूपमा हेरिनुहुँदैन । अफ्रिकालाई प्रभावको पश्चिमी क्षेत्रमा ल्याउनु भनेको विश्वव्यापी मामिलामा रुस र चीनको बढ्दो प्रभावलाई रोक्न रणनीतिक गणना हो । नयाँ विश्व व्यवस्थाको उदयले तनाव र चिन्ता उत्पन्न गर्छ । अमेरिकी नेतृत्वमा पश्चिमले कडा शक्ति प्रयोग गरिरहेको छ, तर प्रभाव घट्दै गएको छ । अर्कोतर्फ चीनको नेतृत्वमा ग्लोबल साउथअन्तर्गतका राष्ट्रको दृढ गठबन्धन अन्ततः अन्तर्राष्ट्रिय मामिला निर्धारण गर्न प्रतिबद्ध छ ।
ग्लोबल साउदका प्रमुख सदस्यहरू एक वा अर्को शक्ति समूहसँग साझेदारी गर्न प्रलोभन वा दबाबमा छन् । विशेषगरी अफ्रिकालाई यसको ठुलो मतदान संख्या (५४ देशले बहुपक्षीय बैठकमा निर्णय बदल्न सक्छन्) छ, किनभने यो विश्वको भविष्यको अर्थतन्त्रको भण्डार हो । अलावा, कोबाल्ट, लिथियम र निकलजस्ता हरिया खनिजहरूको अनौठो सम्पदाका कारण अफ्रिका केन्द्रीय आकर्षणमा आउन सक्छ ।
जिम्मेवारी लिन सहज छैन
यदि सबै अवरोध पार भएमा छनोट गरिएका देशका लागि धेरै कठिनाइ हुनेछ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को एजेन्डा जटिल र चौबीसै घन्टा खटिनुपर्ने कार्य हो । छनोट गरिएका अफ्रिकी देशले महत्वपूर्ण मानव र वित्तीय स्रोत, शान्ति निर्माण क्षमता र कूटनीतिक नेतृत्व क्षमताप्रति प्रतिबद्ध हुनुपर्छ । यी मापदण्ड पूरा गर्न दक्षिण अफ्रिका सबैभन्दा राम्रो देश हो र अफ्रिकी एजेन्डालाई अगाडि बढाउन उसले रचनात्मक भूमिका खेल्न सक्छ । तर, यसमा सचेत हुन जरुरी छ ।
यस विषयमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा अमेरिकी भनाइको प्रतिक्रिया दिन हतारिएका थिए । संयुक्त राष्ट्र संघको वार्षिक साधारण सभाको एक ‘टक सो’मा उनले मिडियालाई भनेका थिए, ‘हामी अभियान चलाइरहेका छौँ । अवधारणालाई स्वीकार गरिएको छ । पक्कै पनि अफ्रिकी महाद्वीपका विभिन्न देशमार्फत सुरु गरिएको छ । शान्ति स्थापना मिसन र त्यहाँ खेल्नुपर्ने महत्वपूर्ण भूमिका हाम्रो मात्र नभएर अफ्रिकी महादेश र समग्रमा संसारभरकै सवाल हो ।’
सबैभन्दा पहिला केही महत्वपूर्ण प्रश्नको जवाफ सबै अफ्रिकी नेताले दिन आवश्यक छ :
– संयुक्त राष्ट्र सुरक्षा परिषद्मा स्थायी सिट लिँदा अफ्रिकी देशका लागि के फाइदा छन् ?
– स्थायी सदस्य बनेर अफ्रिकाले कसरी योगदान गर्नेछ र बदलामा के प्राप्त गर्नेछ ?
– के अफ्रिका एजेन्डा र मापदण्ड तय गर्न सक्षम हुनेछ वा उसलाई त्यहाँ पुर्याउन अनुमति दिनेहरूको कार्य पूरा गर्न बाध्य हुनेछ ?
अफ्रिका संयुक्त राष्ट्र संघीय प्रणालीको कार्यसँग अपरिचित छैन । तर, यो संयुक्त राष्ट्रको संलग्नताबाट धेरै फाइदा उठाएको छ, किनकि यसले औपनिवेशीकरण र रंगभेद प्रणालीलाई जित्ने प्रयासमा छ । अफ्रिकाले अविकसित, असमान व्यापार, चरम मौसम र यसको मानव र प्राकृतिक स्रोतहरूको निरन्तर शोषणको चुनौतीको सामना गरेकाले संयुक्त राष्ट्र संघीय निकायसँग नजिकबाट काम गरेको छ ।
राष्ट्र संघजस्तो सर्वोच्च संस्थामा स्थायी सिट लिनु र अफ्रिकाको शान्ति–सुरक्षा चुनौतीलाई सम्बोधन गर्न सुरक्षा परिषद्लाई काम गर्न लगाउनु अफ्रिकाका लागि उपयुक्त र न्यायपूर्ण हुनेछ । त्यसो गर्नका लागि अफ्रिकी राष्ट्रबाट चुनिएका सदस्यले काउन्सिलका अन्य सदस्यद्वारा समर्थित अफ्रिकी कार्यक्रमको योजना तय गर्नुपर्छ ।
(विल्स लिभरपुल जोन मुर्स विश्वविद्यालयमा कानुनका वरिष्ठ लेक्चरर हुन्)– द कन्भर्सेसनबाट