नारायणगढ–बुटवल सडकमा कष्टकर यात्रा [भिडियाेसहित]

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

पछिल्लो वर्षाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको नारायणगढ–बुटवल सडक खण्डमा ठुला–ठुला खाल्टाखुल्टी परेका छन् र सडक हिलाम्यै छ।

सडक स्तरोन्नतिमा सरकार र ठेकेदारको लापरबाहीले दसैँमा यात्रुलाई निकै सास्ती छ। अवस्था यस्तो छ कि ११३ किलोमिटर सडक यात्रा स्तरोन्नतिपछि डेढ घण्टामै छोट्याउने भनिए पनि निर्माणमा ढिलाइ हुँदा ६ घण्टासम्म लाग्ने गरेको छ ।

स्तरोन्नतिको काम थाल्नुअघि भैरहवादेखि काठमाडौंको यात्रा १० घण्टामा पूरा हुने गरेकोमा काम अस्वाभाविक रूपमा ढिला हुँदा यात्रामा १६ घण्टासम्म लाग्छ। थप नवलपरासीबाट विवेक पोख्रेलको भिडियो रिपोर्ट हेर्नुस् :

सुझावित समाचार