नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा बाढीपहिरोपीडितलाई राहत वितरण

मंगलबार, २२ असोज, २०८१
डिजिटल संस्करण

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले बाढीपहिरोपीडितहरूलाई राहत सामग्री वितरण गरेको छ । हालै परेको अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण ठुलो जनधनको क्षति भएको हुँदा बैंकले पीडितहरूलाई दैनिक उपभोग्य सामग्री दिई सहयोग गरेको हो।

बैंकले पनौती नगरपालिका– ११ सँग सहकार्य गर्दै त्यस वडाभित्र रहेका ३७३ बाढीपहिरो प्रभावित घरपरिवारलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दैनिक उपभोग्य सामग्रीहरू वितरण गरेको हो।

सुझावित समाचार