प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकको ५१ लाख सहयोग

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

एनएमबि बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाखबराबरको रकम सहयोगस्वरूप प्रदान गरेको छ। बैंकका उच्च पदाधिकारीहरूले आइतबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगी उक्त रकमबराबरको चेक प्रधानमन्त्री केपी ओलीसमक्ष हस्तान्तरण गरे।

उक्त सहयोगले बाढीपहिरोबाट प्रभावित समुदायलाई राहत तथा पुनर्स्थापना गराउन र बिग्रिएका, भत्किएका संरचनाहरूको पुनर्निर्माण गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ। सामाजिक उत्तरदायित्व र सामुदायिक कल्याणप्रतिको आफ्नो प्रतिबद्धताअनुसार बाढीपहिरोबाट प्रभावित समुदायलाई अत्यावश्यक राहत र सहायता प्रदान गर्ने उद्देश्यका साथ उक्त सहयोग प्रदान गरेको बैंकले जनाएको छ।

साथै, यस चुनौतीपूर्ण समयमा दैवी प्रकोपबाट प्रभावित नेपाली नागरिकहरूलाई चाहिने साथ र सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। एनएमबि बैंकले हाल देशभर २०१ शाखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

सुझावित समाचार