जापानमा सन् २०५० मा ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको संख्या १.५ गुणाले वृद्धि हुने र १० प्रतिशतभन्दा बढी वृद्धवृद्धा आफन्तविहीन हुने एक सर्वेक्षणले जनाएको छ।
जापान रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणले आइतबार यस्तो प्रक्षेपण गरेको हो । इन्स्टिच्युटका अनुसार हाल ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका वृद्धवृद्धाको संख्या ४४ लाख ८० हजार छ।
सन् २०५० सम्ममा यो संख्या तीन करोड ९० लाखभन्दा माथि पुग्ने अनुमान गरिएको छ । क्योदो न्युजका अनुसार जापानमा विवाह गर्नेको संख्या कम भएकाले वृद्ध जनसंख्या बढ्दै गएको र यस्तो अवस्थामा अस्पताल र हेरचाह गृहमा रहेका वृद्धवृद्धाको रेखदेख कसले गर्ने भन्ने चिन्ता बढेको छ ।