दैवीप्रकोप कोषमा कांग्रेस–एमालेको ५०–५० लाख

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

दुई ठुला दल कांग्रेस र एमालेले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५०–५० लाख रुपैयाँ सहयोग गरेका छन् । प्रधानमन्त्री केपी ओलीलाई भेटेर दुवै दलले आइतबार सहयोग रकम हस्तान्तरण गरेका हुन् ।कांग्रेस सभापति शेरबहादुर देउवासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई सिंहदरबारमा भेटेर सो रकमबराबरको चेक हस्तान्तरण गरे ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको प्रतिनिधिमण्डलले पनि ५० लाखको चेक प्रधानमन्त्रीलाई हस्तान्तरण गर्यो ।कांग्रेस सभापति देउवाले प्राकृतिक विपत्पछिको अवस्थामा तत्काल र दीर्घकालीन रूपमा गर्नुपर्ने कामबारे ३४ बुँदे सुझावपत्र पनि प्रधानमन्त्रीलाई बुझाए । विपत्को सामना मिलेर गर्न र भविष्यमा आउने विपत्को पूर्वतयारी गर्न एकता र एकताबद्ध भवनाका साथ लाग्न सरकारलाई सुझावपत्रमार्फत कांग्रेसले आग्रह गरेको छ ।

प्रधानमन्त्री ओलीले कांग्रेसले दिएको सुझाव मननीय भएको बताए । उनले विपत्ले कुनै जात, उमेर र धर्म नभनी सबैलाई संकटमा पार्ने भएकाले साझा दायित्व सम्झिएर यसको सामना मिलेर गर्ने कार्यमा सरकारले अगुवाइ गर्नेमा विश्वास दिलाए ।

सुझावित समाचार