नेपाली सेनाले सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु गरेको छ । आवागमन पूर्ण रूपमा अवरुद्ध भएपछि आवागमन सञ्चालन गर्न शनिबारदेखि खटिएको प्राविधिकसहितको नेपाली सेनाको टोलीले आइतबारबाट बेलिब्रिज जडान कार्य सुरु गरेको हो ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका– ७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका– ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गमा पर्ने १०० मिटर लामो उक्त पुलको रामेछापतर्फ आधा भाग बाढीले बगाएको छ ।
दसैँको मुखमा बेलिब्रिज बनाउँदा काठमाडौंबाट चरिकोट–रामेछाप हुँदै पूर्वी पहाडी जिल्ला जाने विकल्प खुला हुनेछ ।