नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु

आइतबार, २० असोज, २०८१
डिजिटल संस्करण

नेपाली सेनाले सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु गरेको छ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका– ६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गमा पर्ने १०० मिटर लामो उक्त पुलको रामेछापतर्फ आधा भाग बाढीले बगाएको छ।

आवागमन पूर्ण रूपमा अवरुद्ध भएपछि आवागमन सुचारु गर्न शनिबारदेखि खटिएको प्राविधिकसहितको नेपाली सेनाको टोलीले आइतबारबाट बेलिब्रिज जडान कार्य सुरु गरेको हो।

सुझावित समाचार