ताप्लेजुङको कञ्चनजंघा बेसक्याम्पतर्फ पर्यटक लिएर जाँदै गरेका एक पुरुषको पहिरोले पुरेर मृत्यु भएको छ।
फक्ताङलुङ गाउँपालिका- ६, सेखाथुमबाट कञ्चनजंघा बेसक्याम्पतर्फ जानेक्रममा इटहरा भन्ने ठाउँमा माथिबाट पहिरो खरेपछि हिँडिरहेका संखुवासभाको सिलिचोङ गाउँपालिका- ५ बस्ने ४० वर्षका टीकाबहादुर राईको मृत्यु भएको जल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेश बस्नेतले बताए।
ट्रेकिङको लागि जापानबाट आएका तीनजना नागरिकसँग एक गाइड, एक कुक र १३ भरिया थिए। उनीहरूमध्ये पहिरोले पुरेर कुक(खाना काउने) राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।