बाढीपहिरो प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीपहिरोबाट प्रभावित बनेका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको छ। 

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले १० देखि १३ असोजसम्म परेको अविरल वर्षाका कारण बाढीपहिरो गई क्षति पुगेका स्थानीय तहहरूलाई विपत् संकटग्रस्त क्षेत्र घोषणाका लागि नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

सुझावित समाचार