लगातार ओरालो लागेको सुनको मूल्य आज तोलामा चार सयले बढ्यो

शुक्रबार, १८ असोज, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ। लगातार ओरालो लाग्दै आएको सुनको मूल्य आज तोलामा  चार सय रुपैयाँले वृद्धि भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला  एक लाख ६० हजार नौ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि प्रतितोला  एक लाख ६१ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ।

 यस्तै, चाँदीको मूल्य प्रतितोला तीस रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला  एक हजार ९५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने  एक हजार ९८० निर्धारण भएको छ। 

See More On

सुझावित समाचार