हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ। उनी नेपालको बिमा कम्पनीहरूको इतिहासमा दोस्रो महिला सिइओ बन्न सफल भएकी छिन् । उनले आधिकारिक रूपमा शुक्रबारदेखि सिइओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ ।
नवनियुक्त सिइओ श्रेष्ठको बिमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन १६, ०५२ मा सहायक अधिकृतको रूपमा बिमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो ।
उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सिइओको पदसम्म पुर्याउन सफल भएको छ। सिइओको रूपमा उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने कम्पनीले जनाएको छ ।