स्रोत नखुलेको रकमसहित सीमानाकाबाट एकजना पक्राउ

बिहिबार, १७ असोज, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख नेपाली रुपैयाँसहित एक व्यक्तिलाई सीमानाकाबाट पक्राउ गरेको छ । 

मटिहानी नगरपालिका– ७ स्थित नम्बर २ बोर्डर सीमा इलाकाबाट  बिओपी मटिहानीबाट खटिएर गएको सशस्त्र प्रहरी वरिष्ठ हवल्दार गगन डाँगीको कमान्डमा रहेको चेक प्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको महोत्तरी एकडारा गाउँपालिका– ४ बस्ने वर्ष २३ का ललित महरालाई उक्त रकमसहित पक्राउ गरेको हो । 

ज.७ प ७६२८ नम्बरको  मोटरसाइकलमा राखी ल्याउँदै गरेको एक हजार  दरको सयको १० बन्डल पैसा सशस्त्रले बरामद गरेको हो ।

सुझावित समाचार