सिटिजन लाइफ इन्स्योरेन्सले आफ्ना कर्मचारीलाई विभिन्न व्यक्तित्व तथा सीप विकास प्रशिक्षण दिएको छ ।
कम्पनीले भदौमा धोबीघाटस्थित सिटिजन लाइफद्वारा प्रधान कार्यालयका कर्मचारीलाई व्यक्तित्व विकास कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमको मुख्य प्रशिक्षकमा पूर्वमिस नेपाल सुगारिका केसीको उपस्थिति थियो ।
कार्यक्रममा ६० भन्दा बडी कम्पनीका कर्मचारीले प्रशिक्षण लिएको कम्पनीको भनाइ छ । समय व्यवस्थापन, नेतृत्व, सञ्चार, व्यक्तिगत स्वच्छता, आपसी सहयोग, क्षमता वृद्धिलगायत अन्य व्यक्तित्व विकासका लागि महत्वपूर्ण विषयमा तालिम प्रदान गरिएको थियो ।
कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत दीपबहादुर बिसीले कर्मचारीलाई अगाडि बढ्ने राणनीति सिकाए । त्यस्तै, प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले सबै सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै तालिममा सिकेका कुराले व्यक्तित्व विकासमा अझै मद्दत पुगोस् भनी कामना गरे ।