नवलपुरको गैँडाकाेट- १० सिस्नेमा गएराति बस दुर्घटना भएको छ । बर्दियाबाट काठमाडौं हिँडेको भे.१ख ३६७५ नम्बरको बस चालकले नियन्त्रण गुमाई सडकबाट बायाँतर्फ पल्टिएको नवलपुर प्रहरीले जनाएको छ ।
बसमा सवार आठजनामध्ये दुईजना घाइते भएको र ६ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ । सकुशल रहेका यात्रुहरूलाई अन्य बसमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर बसचालक बाँके खजुरा– १ निवासी ३६ वर्षीय केरमप्रसाद जैसी र बसधनी बर्दिया मधुवन– ८ निवासी ३२ वर्षीय विजय श्रेष्ठ घाइते भएका छन्। घाइतेहरूको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।