अवैध उत्खननले बगर बनेकाे नल्लुकिनारका बस्ती

बुधबार, १६ असोज, २०८१
डिजिटल संस्करण

ललितपुरको गोदावरी नगरपालिकाको नल्लु खोलामा आएको बाढीले बस्ती नै बगर बनाएको छ। नल्लु खोलाले बस्तीसहित दर्जनभन्दा बढी ट्रक र एक्स्काभेटर बगाएको छ।

टीकाभैरव, नल्लु, देवीचौर, लेलेलगायतका क्षेत्रमा ढुंगाखानी र क्रसर उद्योगहरू अवैध रूपमा सञ्चालनमा थिए। अवैध उत्खननकै कारण अहिले बाढीपहिरोले ठुलो क्षति गरेको स्थानीयवासीको गुनासो छ।

यस क्षेत्रमा खानी तथा नदीजन्य ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा मिलेमतो गरी एक अर्बभन्दा बढीको राजस्व चुहावट भएको पाइएपछि अख्तियारले विशेष अदालतमा मुद्दासमेत चलाएको थियो ।

यद्यपि, नेपाल सरकारको आर्थिक ऐनभन्दा नगरपालिकाले घटी दररेट राखेर आर्थिक ऐन बनाई कार्यान्वयन गर्नु भ्रष्टाचार नभई अधिकार क्षेत्रको विवाद भएको भन्दै विशेषले गोदावरीका मेयरसहित १४ जनालाई सफाइ दिए पनि ‘क्षेत्राधिकारको विषय’ सर्वोच्चको संवैधानिक इजलासबाट परीक्षण हुने फैसला गरेकाे छ।
 

तस्बिरमा हेर्नुस् बाढी पहिले र अहिलेकाे बस्ती :

पहिले
अहिले

पहिले
अहिले
पहिले

सुझावित समाचार