नवलपुरको कावासोती नगरपालिकाले कावासोती थानाको हाटबजारमा बजार अनुगमन गरेको छ।
कावासोती नगरपालिकाको अुगुवाइमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग तथा पर्यटन कार्यालय, नवलपुर उद्योग वाणिज्य संघको टोलीले बजार अनुगमन गरेको हो।
बजार अनुगमनको क्रममा १० वटा पसलमा अनुगमन गरिएको थियो। हाटबजारमा रहेका होटेल, चटपटे पसल, तरकारी पसल, कपडा पसल, किराना पसल आदिमा अनुगमन गरिएको कावासोती नगरपालिकाका अनुगमन समितिका संयोजक डा. टेकराज पौडेलले बताए।
अनुगमनमा कावासोती नगरपालिकाका उपप्रमुख फूलकुमारी थनेतको पनि सहभागिता थियो। बजार अनुगमनपछि नगर उपप्रमुख थनेतले बजारको नियमित अनुगमन आवश्यक देखिएकोले अबदेखि बजार अनुगमन नियमित गर्ने र नगरपालिकामा पसल तथा व्यापार व्यवसाय दर्ता गर्न अभियान नै चलाउने बताए।
अनुगमनको क्रममा म्याद नाघेका सामग्री जफत गरी नष्ट गरिएको, दर्ता नगरी सञ्चालनमा रहेको पसलहरूलाई दर्ता गर्न नगरपालिकामा बोलाइएको पौडेलले बताए।
