नेसनल लाइफले गर्‍यो गण्डकी प्रदेशका अभिकर्तालाई सम्मान

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम गरेको छ । कम्पनीले आर्थिक वर्ष ०८०/८१ मा तोकिएको बिमाशुल्क संकलन गरी गण्डकी प्रदेशबाट छानिएका दुई सय २५ जनाभन्दा बढी अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरूको सहभागितामा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको हो । 

प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले गण्डकी प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्तालाई सिइओ क्लब सदस्यता वितरण गरे । त्यस्तै, सोही प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्तालाई सम्मान तथा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा सिइओ खत्रीले गण्डकी प्रदेशबाट नेसनल रत्न हुन सफल अभिकर्तालाई पनि नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादा ओढाई सम्मान गरेका थिए ।

सुझावित समाचार