काठमाडौं उपत्यकामा बाढीपहिरोले ३२ जनाको मृत्यु , १२ जना बेपत्ता (अपडेट)

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

अविरल वर्षापछिको बाढीपहिरोले काठमाडौं उपत्यकामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार काठमाडौंमा ११, ललितपुरमा १६ जना तथा भक्तपुरमा पाँचजनाले ज्यान गुमाएका छन्।

दिउसो १:५५ सम्मको विवरणअनुसार १२ जना बेपत्ता रहेको र १७ जना घाइते भएको उपत्यका प्रहरीका प्रवक्ता एसएसपी विनोद घिमिरेले जानकारी दिए। एक हजार ५३ जनाको उद्वार गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार