हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रामा रहेको हेटौँडा खानेपानी व्यवस्थापन बोर्डको पम्प हाउसमा कर्राको पानी पसेर डुबान भएको छ।
डुबानमा परेका पम्प सञ्चालक कर्मचारी र उनका परिवारका सदस्यहरूलाई उद्धार गरिएको छ। कर्रा खोलाको बाढी पम्प हाउसमा प्रवेश गरेपछि उक्त क्षेत्र डुबानमा परेको थियो।
पम्प हाउसमा बाढी पसी डुबानमा परेका पम्प सञ्चालक कर्मचारी र परिवारका ४ सदस्यको नेपाल प्रहरी, सशस्र प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरिएको मकवानपुर प्रहरीले जनाएको छ।