हेवाखोलाको पुल बगायो, मेची राजमार्ग अवरुद्ध

शनिबार, १२ असोज, २०८१
डिजिटल संस्करण

 मेची राजमार्गमा पर्ने पाँचथरको हेवाखोलामा रहेको पुल बाढीले बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ। सदरमुकाम फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने बेलीबृज शनिबार बिहान ७ बजेतिर बाढीले बगाएको पाँचथरका प्रहरी सूचना अधिकारी रुपेश तामाङले बताए।

हेवा खोलाको पुल बाढीले बगाएपछि मेची राजमार्ग अवरुद्ध भएको छ। मनसुनको प्रभावले पूर्वी पहाडी जिल्लामा केही दिनदेखि अविरल वर्षा भइरहेको छ। जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीले अहिलेसम्म तीनजनाको मृत्यु भएको छ भने पाँचजना बेपत्ता भएका छन्। उनीहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ। 

उनका अनुसार बेपत्ताको संख्या अझै बढ्न सक्ने अनुमान छ। अविरल वर्षाले हराइरहेका मानिसको खोजीकार्य गर्न समस्या भएको छ। 
 

सुझावित समाचार