ग्लोबल आइएमई बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको जेबिएनएल सेक्युरिटिज लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ।
धितोपत्रसम्बन्धी कारोबार गर्ने उक्त कम्पनीको साधारणसभाको अध्यक्षता कम्पनीका अध्यक्ष टेकनाथ पोखरेलले गरेका थिए। सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन, सञ्चालक तथा लेखापरीक्षकको नियुक्ति–पारिश्रमिक र वार्षिक वित्तीय विवरणहरू सर्वसम्मतिले पारित गरेको छ।
साथै कम्पनीको नाम जेबिएनएल सेक्युरिटिज लिमिटेडबाट मुख्य कम्पनीको नामसँग सामञ्जस्य हुने गरी ग्लोबल आइएमई सेक्युरिटिज लिमिटेडमा परिवर्तन गर्ने गरी कम्पनीको प्रबन्धपत्र र नियमावलीको सम्बन्धित प्रावधानमा संशोधन सर्वसम्मतिबाट स्वीकृत भएको छ।
सभामा कम्पनीको एक मात्र सेयरधनी ग्लोबल आइएमई बैंकबाट अधिकार प्राप्त प्रतिनिधि विश्व सुवेदी, कम्पनी रजिस्ट्रारका प्रतिनिधि, कम्पनीका सञ्चालकहरू, प्रबन्ध–निर्देशक, सेवाग्राही, कर्मचारीहरूको उपस्थिति थियो।