बुढा र रोकायलाई ‘नइ कपिल विद्यापदक’

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

नइ प्रकाशनले २०८० सालको १२ कक्षाको परीक्षामा बाजुराकी सर्वोत्कृष्ट छात्रा विपनाकुमारी बुढा र हुम्लाकी सर्वोत्कृष्ट छात्रा नन्दादेवी रोकायलाई ३० हजार रुपैयाँ राशिसहित ‘नइ कपिल विद्यापदक’ समर्पण गर्ने निर्णय गरेको छ। मालिका माध्यमिक विद्यालयकी छात्रा बुढालाई ३.२१ जिपिए प्राप्त भएको थियो। सीता माध्यमिक विद्यालयकी छात्रा रोकायलाई ३.१५ जिपिए प्राप्त भएको थियो ।

नइ प्रकाशनकी कुलपति इन्दिरा प्रसाईंको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो। ‘नइ कपिल विद्यापदक’ सुप्रसिद्ध मनोरोग तथा नसा विशेषज्ञ डा. कपिलदेव उपाध्यायकाे सम्मानमा नइ प्रकाशनले स्थापना गरेको हो।

नइ प्रकाशनले नेपालका दुई दुर्गम भूभागका सरकारी विद्यालयबाट १२ कक्षामा सर्वोत्कृष्ट हुने एक–एक जना छात्रालाई हरेक वर्ष जनही ३० हजार रुपैयाँ राशिसहित विद्या पदकले पुरस्कृत गर्दै आएको छ।

सुझावित समाचार