लगातारको वर्षाले कान्ति लोकपथकाे पहिरो पन्छाउन समस्या

शुक्रबार, ११ असोज, २०८१
डिजिटल संस्करण

बुधबार राति खसेको पहिरोले अवरुद्ध बनेको कान्ति लोकपथ अझै सञ्चालन हुन सकेको छैन । 

कान्ति लोकपथअन्तर्गत बकैया गाउँपालिका- १२ घट्टेपाखामा पहिरो जाँदा उक्त सडकखण्ड बन्द रहेको छ । लगातारको वर्षाले पहिरो पन्छाउन समस्या भएको मकवानपुर प्रहरीले जनाएको छ ।

मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाकाले सडकमा ठुलो ढुंगा खसेको र सडकमाथिबाट लेदो पनि खसिरहेकाले पन्छाउन समस्या भएको हो ।

बाटो खुलाउन फास्ट ट्र्याक, कान्ति लोकपथ आयोजना र गाउँपालिकाबाट प्रयास भइरहेको निमित्त प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सापकोटाकाले जानकारी दिए ।

सुझावित समाचार