नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गुटबन्दी नगर्न विद्यार्थीहरूलाई निर्देशन दिएका छन्।
अखिल (क्रान्तिकारी)को २३औँ राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै पार्टी अध्यक्ष प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। जो जितेर आउँछ, उही संगठनको नेता हुने भन्दै उनले गुटबन्दी गर्न जरुरी नरहेको बताए।
पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको भन्दै प्रचण्डले यसका लागि विद्यार्थीसँग ठुलो अपेक्षा राखिएको बताए। पार्टीको केन्द्रीय समिति बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि ऊर्जा हुने प्रस्ट्याए।
माओवादीप्रति फेरि जनताको विश्वास बढ्दै गएको दाबी गर्दै उनले यो वेलामा आफूभित्र एकता पैदा गरेर जानुपर्ने बताए।