नेपाल एसबिआई बैंक र आगन्तुक रिसोर्ट धुलिखेलबिच छुट सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताले आवास सुविधामा १५ र खाद्य तथा पेय पदार्थमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
सम्झौतापत्र बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा र आगन्तुक रिसोर्टका वरिष्ठ प्रबन्धक सरस्वती गुरुङले हस्ताक्षर गरेका छन् ।
सम्झौता कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत, यादवेन्द्र कान्त, सल्लाहकार, छपिराज पन्त, प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत रितेश अर्याल र बैंक तथा रिसोर्टका अन्य वरिष्ठ पदाधिकारीको उपस्थिति रहेको थियो ।