पुलिस चितवन गोल्डकपको सेमिफाइनलमा

बुधबार, ९ असोज, २०८१
डिजिटल संस्करण

नेपाल पुलिस क्लबले मंगलबार आयोजक भरतपुर फुटबल क्लब बिएफसीलाई टाइब्रेकरमा ५–३ ले हराउँदै चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा पुलिस र चितवनले २–२ को बराबरी खेलेका थिए । 

पुलिसका लागि दुवै गोल सुजन मगरले गरे । आयोजकका सञ्जीव विष्ट र सृजन गौतमले एक–एक गोल फर्काए । अब सेमिफाइनलमा पुलिस र एपिएफबिच खेल हुनेछ ।

प्रतियोगिताको पहिलो सेमिफाइनल बुधबार एफसी सिराहा र बुटवल लुम्बिनी एफसीबिच हुनेछ । १२ असोजसम्म चल्ने प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्नेछन् । 

सुझावित समाचार