बागमती प्रदेश राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको पाँचौ“ स्थानमा उक्लेको छ । एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा बागमतीले संकटा क्लबलाई ३–१ ले हरायो । जितसँगै महŒवपूर्ण दुई अंक बटुलेको बागमतीले पाँचौँ स्थान रक्षा गरेको हो । बागमतीले शीर्ष पाँचमा रहँदै दोस्रो चरण खेल्ने सम्भावना बलियो बनाएको छ । बागमतीले आठ खेलमा १० अंक जोडेको छ । आठ खेल खेलेको संकटाले सातौँ स्थानमा घटुवा भएको छ ।
बगमतीलाई जित दिलाउन विदेशी खेलाडी गिफ्टी अचेमपोङले दुई गोल गरेकी थिइन् । बागमतीकी पुष्पाकुमारी खड्काले एक गोल गर्न सफल भइन् । संकटाकी टिमिलोपे जेनिफरले एक गोल फर्काइन् ।
बागमती र संकटाबिच पहिलो हाफ गोलरहित बराबरी भएको थियो । मध्यान्तरपछि दुवै टोलीले खेलमा सुधार गरेका थिए । तर, बागमतीले संकटाको तुलनामा संगठित रूपमा प्रतिस्पर्धा गर्दै खेलमाथि नियन्त्रणमा लियो । खेलको ६७औँ मिनेटमा अचेमपोङले बागमतीलाई १–० अग्रता दिलाइन् । खेलको ७५औँ मिनेटमा उनले नै गोल गर्दै बागमतीलाई २–० को स्थितिमा राखिन् ।
संकटा खेलमा फर्कने प्रयास गर्दै ८३औँ मिनेटमा २–१ को गोलअन्तर बनायो । जेनिफरले डिबक्सभित्र सहजै गोल गरेकी हुन् । खेलको अन्तिम इन्जुरी समयमा बागमतीले सहज पेनाल्टी मिस गरेको थियो । कप्तान दिव्या मगरको पेनाल्टी बारभन्दा माथि गएको थियो । खेलको अन्तिम इन्जुरी समयमा सातौँ मिनेटमा पुष्षाकुमारी खड्काले गोल गर्दै बागमतीलाई ३–१ को जित दिलाइन् । उनी दुई मिनेटअघि मात्रै अस्मिता खवासको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।
चन्द्राको ह्याट्रिकमा आर्मी विजयी
शीर्ष पाँच स्थान सुरक्षित गरेको त्रिभुवन आर्मी क्लबले मंगलबारै वालिङ नगरपालिकामाथि ८–० को फराकिलो जित निकालेको छ । आर्मीको जितमा चन्द्रा भण्डारीले ह्याट्रिक गरेकी थिइन् । आर्मीका लागि विमला विक र अमिशा कार्कीले समान दुई गोल गरेका थिए । खेलको ३८औँ मिनेटमा विमलाले आर्मीलाई १–० को अग्रता दिलाइन् । खेलको ४२औँ मिनेटमा चन्द्राले व्यक्तिगत पहिलो गोल गर्दा आर्मी २–० ले अघि बढ्यो । मध्यान्तर हुन एक मिनेटअघि वालिङबाट आत्मघाती गोल उपहार आर्मीले पायो ।
खेलकै म्यान अफ दी म्याच भएकी चन्द्राले ५४औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । उनले ७३औँ मिनेटमा आफ्नो ह्याट्रिक पूरा गर्न सफल भइन् । जितसँगै आर्मीले दोस्रो स्थान बलियो बनाएको छ । आर्मीले आठ खेलबाट १९ अंक बनाएको छ । वालिङले आठ खेलमा १२ अंक जाडेको छ । वालिङ लिगको चौथो स्थानमा छ । वालिङको पनि दोस्रो चरण जाने सम्भावना छ ।