जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

आइतबार, ६ असोज, २०८१
डिजिटल संस्करण

सन् २०३० सम्म नेपाललाई पूर्ण साक्षरता घोषणा गर्ने अभियानअनुसार जुम्लाका पाँच स्थानीय तहलाई साक्षर घोषणा गरिएको छ । चन्दननाथ नगरपालिका, कनकासुन्दरी, हिमा र पातारासी गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो ।

अब तातोपानी, गुठिचौर र तिला गाउँपालिकालाई साक्षरता घोषणा बाँकी छ । सबै स्थानीय तह साक्षरता घोषणापछि जिल्लालाई साक्षर घोषणा गरिने छ । साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये ६ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको  हो ।

कनकासुन्दरी ९७ प्रतिशत, हिमा ९६ प्रतिशत, सिंजा ९६.५ प्रतिशत, चन्दननाथ ९८.९१ प्रतिशत र पातारासीमा ९५.२४ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ । कनकासुन्दरी र चन्दननाथमा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षरता घोषणा गरेका हुन् । 

See More On

सुझावित समाचार