एरिका एसियन कराँते च्याम्पियनसिपको फाइनलमा

शुक्रबार, ४ असोज, २०८१
डिजिटल संस्करण

कराँते खेलाडी एरिका गुरुङ २०औँ एसियन कराँते च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेकी छिन्। शुक्रबार चीनमा भएको महिला ६८ केजीमाथि तौल समूहमा थाइल्यान्डकी खेलाडीविरुद्ध ८–० को जित निकाल्दै एरिका फाइनल पुगेकी हुन्।

नेपाली खेलाडीले एसियन कराँतेको फाइनलमा स्थान बनाएको यो पहिलोपटक हो। योसँगै एरिकाले रजत पदक पक्का गरेकी छिन्। प्रशिक्षक कुशल श्रेष्ठका अनुसार एरिकाले आइतबार हुने फाइनलमा भियतनामकी खेलाडीसँग खेल्नेछिन्।

टोलीका सहायक प्रशिक्षक मन्डेकाजी श्रेष्ठले भने, ‘थाइल्यान्डको खेलाडीलाई सेमिफाइनलमा ८–० ले हराउँदै फाइनलमा प्रवेश गरेकी छिन्। अब, भियतनामसँग फाइनल हुनेछ।’

श्रेष्ठका अनुसार प्रिक्वार्टरफाइनलमा फिलिपिन्सलाई ४–० ले हराएकी एरिकाले क्वार्टरफाइनलमा १९औँ एसियन गेम्स फाइनलमा हराउने काजकिस्तानकी खेलाडीसँग १–१ को बराबरी गरिन्। रेफ्रीकाे निर्णयमा एरिका विजयी भएकी हुन्।

सुझावित समाचार