प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय समितिको बैठक जारी

बिहिबार, ३ असोज, २०८१
डिजिटल संस्करण
प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय समितिको बैठक जारी

फाइल तस्बिर

प्रस्तावित राजदूतबारे निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक बसिरहेको छ। बैठकले १७ देशका लागि सिफारिस राजदूतको सम्बन्धमा  निर्णय लिने बताइएको छ।

१४ साउनमा सरकारले १७ देशमा राजदूत सिफारिस गरेको थियो । प्रस्तावित राजदूतविरुद्ध सुनुवाइ समितिमा नौवटा उजुरी परेको थियो ।

१४ भदौमा उजुरीकर्तासँग छलफल गरी १६ गतेदेखि राजदूतहरूको सुनुवाइ थालेको समितिले भदौ २७ गते सुनुवाइ सम्पन्न  गरेको थियो।

सुझावित समाचार