सहकारी अपचलनसम्बन्धी संसदीय प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण
सहकारी अपचलनसम्बन्धी संसदीय प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने मन्त्रिपरिषद्को निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठक । तस्बिर : रासस ।

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको संसदीय प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउँदै तत्काल कार्यान्वयनका लागि सम्बन्धित सरोकारवाला मन्त्रालयमा पठाउने निणय गरेको सरकारका प्रवक्ता संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

‘सभामुखले कार्यान्यनका लागि रुलिङ गर्दै पठाएको सहकारीको बचत रकम हिनामिना सम्बन्धमा गठित संसदीय समितिको प्रतिवेदनलाई बैठकले स्वामित्व ग्रहण गर्दै तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ,’ गुरुङले नयाँ पत्रिकासँग भने, ‘प्रतिवेदनका लागि संसद्लाई धन्यवाद दिँदै बैठकले कार्यान्वयनमा लैजाने प्रतिबद्धतासहित सम्बन्धित सरोकारवाला मन्त्रालयमा पठाउने निर्णय गरिएको छ।’ 

उनले प्रतिवेदन कार्यान्वयन गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले तदारुकताका साथ काम अगाडि बढाउनेसमेत बताए। छानबिन विशेष समितिले गत सोमबार संसद्लाई छानबिन प्रतिवेदन बुझाएको थियो।
 

सुझावित समाचार