रास्वपाको महाधिवेशन आगामी वैशाखमा हुने

बुधबार, २ असोज, २०८१
डिजिटल संस्करण
रास्वपाको महाधिवेशन आगामी वैशाखमा हुने

काठमाडौंमा दुई दिनसम्म चलेको राष्ट्रिय भेला । तस्बिर : नयाँ पत्रिका।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन आगामी वैशाखमा हुने भएको छ।

काठमाडौंमा दुई दिनसम्म चलेको राष्ट्रिय भेलाले पार्टीको पहिलो महाधिवेशन आगामी २५ देखि २७ वैशाखसम्म आयोजना गर्ने मिति तय गरेको हो।

भेलामा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनको मिति प्रस्ताव गरेका थिए। सभापति लामिछानेले राजनीतिक प्रतिवेदन पेस गर्दै महाधिवेशनको मिति प्रस्ताव गरेका हुन्।

भेलाले सो प्रतिवेदनलाई समृद्ध बनाउन पार्टी संरचनाभित्र खुला छलफल चलाउने प्रस्ताव पनि पारित गरेको छ। प्रस्ताव पारित भएसँगै अब पार्टीका तल्ला तहमा सभापतिको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने र प्रतिवेदनलाई आउँदो वैशाखमा हुने महाधिवेशनले निष्कर्षमा पुर्याउने रास्वपाले जनाएको छ।

सुझावित समाचार