काठमाडौं महानगरपालिकाले दोस्रो प्रयागराजसिंह सुवाल स्मृति अन्तरवडा फुटसल प्रतियोगितामा विजयी सुरुवात गरेको छ।
लैनचौर फुटसल मैदानमा मंगलबार भएको उद्घाटन खेलमा काठमाडौं महानगरपालिकाले आयोजक वडा नं. २३ लाई टाइब्रेकरमा २–१ ले हरायो। पहिलो दिन भएका अन्य खेलमा वडा नं. २ र वडा नं. ६ ले जित हासिल गरे।
काठमाडौं महानगरपालिका र वडा नं. २३ ले निर्धारित समयको खेलमा १–१ को बराबरीमा खेलेका थिए। अनुप प्रधानले काठमाडौं महानगरपालिकालाई अग्रता दिलाएका थिए। वडा नं. २३ का राजीव चित्रकारले बराबरी गोल गरेपछि पेनाल्टी सुटआउटबाट जित हासिल गर्दै काठमाडौं महानगरपालिकाले प्रिक्वार्टरफाइनलमा स्थान बनाएको हो। सो खेलमा अनुप म्यान अफ दि म्याच बने।
दोस्रो खेलमा वडा नं. ९ ले वडा नं. २७ लाई २–० ले पराजित गर्याे। दुई गोल गरेका मिङमा लामा तामाङ नै ले म्यान अफ दि म्याच चुनिए।
तेस्रो खेलमा वडा नं. ६ ले वडा नं. ११ लाई ३–२ ले निराश बनायो । वडा नं. ६ का लागि विप्लव लामा, दिपेश श्रेष्ठ र केशव भण्डारी तथा वडा नं. ११ का जनक कोइराला र रितेश महतोले गोल गरे। सो खेलमा वडा ६ का केशवले म्यान अफ दि म्याचको पुरस्कार पाए।