क्यानडाविरुद्ध फिल्डिङ गर्दै नेपाल

ललितले आफ्नो स्पेलको पहिलो बलमै लिए विकेट

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

आइसिसी मेन्स विश्वकप लिग– २ को तेस्रो शृंखलामा नेपालले क्यानडाको सामना गर्दै छ। घरेलु टोली क्यानडाविरुद्धको पहिलो खेलमा नेपालले पहिला फिल्डिङ गरिरहेको छ।

क्यानडाविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन्। ताजा अवस्थामा  क्यानडाले आठ ओभरको खेल सकिँदा एक विकेट गुमाएर १६ रन बनाएको छ।

नेपालका लागि ललित राजवंशीले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिएका हुन्। नेपाली टिकको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आसिफ शेख र सोमपाल कामी छन्।

सुझावित समाचार