सहकारी छानबिन समितिको प्रतिवेदन संसदमा पेस

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण
सहकारी छानबिन समितिको प्रतिवेदन संसदमा पेस

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन संसदमा पेस भएको छ।

छानबिन समितिका संयोजक सूर्य थापाले सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेलाई प्रतिवेदन बुझाएका हुन्। सभामा पेस भएको प्रतिवेदन सरकारलाई पठाउन सभामुखले सचिवालयलाई निर्देशन दिएका छन्। 

गत जेठ १५ मा प्रतिनिधिसभाले तीन महिनाको कार्यावधि दिएर एमाले सांसद थापाको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

सुझावित समाचार