बाल दिवसमा किशोरीलाई लक्ष्मी सनराइजको सुरक्षा तालिम

सोमबार, ३१ भदौ, २०८१
डिजिटल संस्करण

राष्ट्रिय बाल दिवसका अवसरमा लक्ष्मी सनराइज बैंकले दुई सयभन्दा बढी किशोरीलाई सुरक्षा तथा आत्मरक्षा तालिम दिएको छ । बैंकले किडपावर नेपालसँगको सहकार्यमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरी  काठमाडौं, भक्तपुर र ललितपुरका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का दुई सयभन्दा बढी किशोरीलाई सो तालिम दिएको हो ।

तालिम प्रदान गरिएका विद्यालय गान्धी आदर्श माध्यमिक विद्यालय, कागेश्वरी मनोहरा नगरपालिका काठमाडाैँ, श्री सिद्धिमंगल माध्यमिक विद्यालय, महालक्ष्मी नगरपालिका ललितपुर र आदर्श माध्यमिक विद्यालय सानोठिमी भक्तपुर रहेका थिए । तालिम २५ देखि २८ भदौसम्म सञ्चालन गरिएको थियो । तालिममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकलगायत बैंकका शाखा प्रमुखहरूको उपस्थिति थियो । 

सुझावित समाचार