प्रतिनिधिसभाको बैठक सर्‍याे

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभा बैठकको समय  सारिएको छ। आज आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सुरु हुन नसकेपछि आजै ३ः१५ का लागि समय तोकिएको हो।

माओवादी केन्द्रका सांसदहरूको विरोधका कारण संसद् अवरुद्ध छ। सभामुख र प्रमुख सचेतकहरूको छलफलमा कुनै सहमति नजुटेपछि बैठकको समय सरेको हो।

एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राख्दै माओवादी केन्द्रले संसद् चल्न नदिने निर्णय गरेकाे छ।

सुझावित समाचार