सहमति जुटाउन सभामुख र प्रमुख सचेतकहरू फेरि छलफलमा

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने विषयमा सहमति जुटाउन सभामुख र प्रमुख सचेतकहरू  पुनः छलफलमा जुटेका छन्।

यसअघि आजै सिंहदरबारमा प्रमुख सचेतकहरूसँगको बैठकमा सहमति नजुटेपछि माओवादी केन्द्र संसदीय दलको बैठक बसेको थियो। बैठक सकिएपछि सभामुख र दलका प्रमुख सचेतकहरूको बैठकले निरन्तरता पाएको हो।

एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माओवादी  केन्द्रको माग छ।

सभामुख देवराज घिमिरेले भट्टराईले प्रयोग गरेको हिंसा शब्द असंसदीय नभएकाले हटाउनु नपर्ने निष्कर्ष सुनाएपछि २६ भदौको बैठकमा माओवादीले अवरोध गरेको थियो।

त्यसपछि माओवादी संसदीय दलको शुक्रबारको बैठकले भट्टराईले जनयुद्ध, शान्तिसम्झौता र संविधानलाई अपमान गर्ने गरी हिंसा शब्द प्रयोग गरेको निष्कर्षसहित संसद् अवरोध कायम राख्ने निर्णय गरेको छ।

See More On

सुझावित समाचार