मध्यपहाडी लोकमार्गबाट जिप खस्याे, तीनजनाको मृत्यु, एकजना घाइते

शुक्रबार, २८ भदौ, २०८१
डिजिटल संस्करण

बागलुङको गलकोटमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । गलकोट नगरपालिका– २ भुङ्खानीमा रा.१ज २०० नम्बरको पिकअप जिप दुर्घटना हुँदा दुई महिला र एक पुरुषको मृत्यु भएको हो भने एकजना घाइते भएका छन् ।

मृत्यु र घाइते हुने कसैको पनि पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले जानकारी दिए । घाइतेलाई धौलागिरि अस्पताल बागलुङमा पठाइएको छ ।

जिप मध्यपहाडी लोकमार्गदेखि करिब तीन सय मिटर तल खसेको बताइएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा पुथा उत्तरगंगा गाउँपालिका तकसेरा, रुकुम पूर्वकी उपाध्यक्षको परिचयपत्र भेटिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार