गृहमन्त्री रमेश लेखकले निजी क्षेत्रलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दायरामा ल्याउने विषयमा राज्य व्यवस्था तथा सुशासन समिति सैद्धान्तिक रूपले स्पष्ट हुन जरुरी रहेको बताएका छन्। सिंहदरबारस्थित प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आज उनले निजी क्षेत्रमा प्रवेश गर्ने वा नगर्ने भन्ने विषयमा स्पष्ट हुन समितिमा अझ बढी छलफल हुनुपर्नेमा जोड दिए ।
‘निजी क्षेत्रमा अख्तियारको क्षेत्राधिकार जाने कि नजाने, जाने हो भने कतिसम्म जाने भन्ने कुरामा स्पष्टता भयो भने लेख्ने कुरामा गाह्रो हुन्न,’ लेखकले भने, ‘पहिले प्रिन्सिपल सेट हुनुपर्यो, प्रिन्सिपल सेट भए सोहीअनुसार भाषा लख्ने हो, भाषा लेख्ने कुरा कठिनाइ होइन ।’
उनले छलफलका क्रममा निजी क्षेत्रमा जानुहुन्न भन्ने कुरामा आमसहमति देखिएको बताए । ‘अझै एउटा कुरा टुंगिन बाँकी रहेजस्तो के देखियो भने सरकारी पैसा निजीमा गएको छ भने फेरि हेर्नुपर्छ भन्ने पनि विषय छ,’ उनले भने, ‘सरकारी पैसा निजीमा गएमा कस्तो गएको हो ? ऋण गएको कि अनुदान गएको अथवा जाने प्रक्रियालाई समात्ने कि ? जुन सरकारी पैसा गएको छ त्यो हकसम्म मात्रै हेर्ने हो कि, यो कुरामा समिति पहिले सिद्धान्ततः स्पष्ट होस् ।’
उनले निजीमा प्रवेश गर्दा कति गर्ने भन्ने कुरामा पनि समिति सैद्धान्तिक रूपले स्पष्ट हुनुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको दायरामा ल्याउने प्रावधानमाथि समितिमा सांसदले छलफल सुरु गरेका छन् ।
निजी क्षेत्रलाई अख्तियारको दायरामा ल्याउने विषयमा समिति स्पष्ट हुनुपर्छ : गृहमन्त्री लेखक
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
४ हप्ता अघि
सुझावित समाचार
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…